Search Box

विजया दशमी २०८२ को शुभअवसरमा हार्दिक मंगलमय शुभकामना

विजया दशमी २०८२ को पावन अवसरमा कुवेतवासी समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरू सहित स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूलाई गैर-आवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद्, कुवेतको तर्फबाट वडा दशैं २०८२ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

सत्यको असत्यमाथिको विजय, धर्मको अधर्ममाथिको विजय र शक्तिको दुर्शक्तिमाथिको विजयको प्रतीक विजया दशमीको यो पावन पर्वले हामी सबैको जीवनमा सुख, समृद्धि, शान्ति र उन्नतिको नयाँ उर्जा प्रदान गरोस्।

यस पावन पर्वको अवसरमा आ-आफ्नो परिवार, समाज र राष्ट्रको उत्थानका लागि सकारात्मक संकल्पका साथ अघि बढौं। कुवेतमा रहनुभएका सम्पूर्ण नेपाली समुदायको एकता, सद्भाव र सहयोगको भावना अझ सुदृढ होस् भन्ने कामना गर्दछौं।

देवी दुर्गा भवानीको कृपाले सबैको जीवन खुशी, स्वास्थ्य र समृद्धिले भरिपूर्ण रहोस्।

गैर-आवासीय नेपाली संघ (NRNA)
राष्ट्रिय समन्वय परिषद्, कुवेत
विजया दशमी २०८२

Leave a Reply

Your email address will not be published. Required fields are marked *