Search Box

President Corners

निर्वाचन समितिद्वारा एनसीसी कुवेतको नवौं  अधिवेशनका लागि आचारसंहिता र निर्वाचन कार्यतालिका सार्वजनिक

निर्वाचन समितिद्वारा एनसीसी कुवेतको नवौं अधिवेशनका लागि आचारसंहिता र निर्वाचन कार्यतालिका सार्वजनिक

Activities, All Events, Download, Events, Latest News, News, Notice, Our Project, President Corners, Press Releases, Publications
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कुवेतको आगामी  १८ जुलाई  २०२५ शुक्रबारको दिन हुन गइरहेको छैटाैं राष्ट्रिय महाधिवेशनका लागि गठित निर्वाचन समितिले निर्वाचन अचार सिंहिता २०२५ सार्वजनिक गरेको छ । निर्वाचन आयुक्त सुजन केसीकाे अध्यक्षतामा बसेको पुर्ण बैठकबाट पारित गरि सो आचार संहिता सार्वजनिक गरिएको हो ।  केसीको अलावा जय आले, शिव कोइराला, लोमस बास्तोला र आनन्द आचार्य सदस्य रहेकाे निर्वाचन समितिले सो निर्वाचन आचार संहिता सार्वजनिक गरेको हो । एनआरएनले यस पटक पञ्जिकृत सदस्यताको लागि हाते फारम भर्ने व्यवस्था गरेको छ । पञ्जिकृत सदस्यता शुल्क १ केडी लाग्नेछ भने उम्मेदवारी दिने स्थान र उम्मेदवारी शुल्कको लागि भने पछि सूचना प्रकाशित गरिनेछ । आयुक्त सुजन केसीद्वारा हस्ताक्षर गरी १३ वटा वुंदामा सार्वजनिक गरिएको आचार संहितमा जनाइए अनुसारः १.महाधिवेशनमा भाग लिनको लागि एनसिसी कुवेतले जारी गर...
गैरआवासीय नेपाली संघकुवेतले विशेष बैठकमा गरे महत्वपूर्ण निर्णय, जुलाई १८ माअधिवेशन

गैरआवासीय नेपाली संघकुवेतले विशेष बैठकमा गरे महत्वपूर्ण निर्णय, जुलाई १८ माअधिवेशन

Activities, All Events, Download, Events, Latest News, News, Notice, Our Project, President Corners, Press Releases, Publications
गैर आवासीय नेपाली संघ कुवेतले आगामी अधिवेशन र निर्वाचन प्रक्रियाका लागि महत्वपूर्ण तयारीहरू टुंग्याउन मे १९, २०२५ मा सल्मियास्थित डम्पा लंज रेस्टुरेन्टमा विशेष अधिवेशन बैठक आयोजना गर्यो। अध्यक्ष रण ध्वज लामा को अध्यक्षतामा सम्पन्न बैठकमा संस्थाका २४ मुख्य पदाधिकारी र सदस्यहरूको उपस्थिति रहेको थियो। अध्यक्ष रण ध्वज लामाको अध्यक्षतामा सम्पन्न बैठकले आगामी नेतृत्व निर्वाचनको निरीक्षणका लागि व्यापक निर्वाचन समिति गठन गर्ने निर्णय गरेको छ। संरक्षक सुजन केसीलाई मुख्य निर्वाचन अधिकारीको जिम्मेवारी दिइएको छ भने जय आले मगर, शिव कोइराला, लोमस बास्तोला र आनन्द आचार्यले समितिका सदस्यका रूपमा कार्य गर्नेछन्। निर्वाचन समितिले मनोनयन प्रक्रिया व्यवस्थापन, पारदर्शी मतदान प्रक्रिया सुनिश्चित गर्ने, निर्वाचन संहिता विकास गर्ने र समग्र निर्वाचन तालिकाको निरीक्षण गर्ने जिम्मेवारी वहन गर्नेछ। यो ...
हार्दिक समवेदना

हार्दिक समवेदना

Activities, All Events, Download, Events, Latest News, News, Notice, Our Project, President Corners, Press Releases, Publications
गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य श्री हरि लावती ज्यूको पूजनीय पिता श्री रत्न बहादुर लावती ज्यूको मिति अगष्ट-२२, २०२३ मंगलबारका दिन ९० बर्षको उमेरमा असामयिक निधन भएको खबरले हामी स्तब्ध भएका छौं ।यस दुःखद घडीमा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धा सुमन अर्पण गर्दछौं। शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्ने कामना सहित हार्दिक समवेदना व्यक्त गर्दछौं । स्व. रत्न बहादुर लावती  ...
डेढ महिनादेखी कुवेतमा अलपत्र परिरहेको दुर्गी कुमारी खत्रीको शव NRNA कुवेतको पहलमा नेपाल जाँदै।

डेढ महिनादेखी कुवेतमा अलपत्र परिरहेको दुर्गी कुमारी खत्रीको शव NRNA कुवेतको पहलमा नेपाल जाँदै।

Activities, All Events, Download, Events, Latest News, News, Notice, Our Project, President Corners, Press Releases, Publications
  ७ अगस्त, कुवेत। घरेलु कामदारको रुपमा कुवेत आएकी दाङकु दुर्गी कुमारी खत्री २०१४ मा नै मालिकको घरबाट भागेर अवैधानिक हैसियतमा बसोबास गर्दै गाएकी थिइन। करिव दुई महिना पहिले देखि उनको स्वास्थ्यमा समस्या देखिए पनि गत जुन महिनाको २२ तरिकका दिन उनले कुवेत मात्रै होइन परिवार, आफन्त साथिभाइ संगै संसारनै छाडेर गइन। उनी श्रम नगरि कुवेत आएको कारण उनको शव पठाउन नेपाल सरकारले पहल नगरेको कारण करिव डेढ महिनादेखी उनको शव हस्पिटलमा नै अलपत्र परेको थियो। उनको शव अलपत्र परेको कुरा नेपाली दूतावासले गैर आवासीय नेपाली संघ कुवेतलाइ खवर गरेपछी गैर आवासीय नेपाली संघ (NRNA) कुवेतकै पहलमा अन्य १० ओटा कृयाशिल संघ संस्थाहरुले आर्थिक जुटाएर नेपाल पठाउने भएको छ। गैर आवासीय नेपाली संघ ५१ केडि, वैदेशिक रोजगार सरोकार समाज ५१ केडि तीन किराँती संस्था किरात राई यायोक्खा, किरात यक्थुङ चुम्लुङ र सुनुवार सेवा समा...
हार्दिक धन्यवाद

हार्दिक धन्यवाद

Activities, All Events, Download, Events, Latest News, News, Notice, Our Project, President Corners, Press Releases, Publications
हार्दिक धन्यवाद आदरणीय कुवेतवासी श्रमजिवी दाजुभाइ तथा दिदिबहिनिहरु, हिजो गैर आवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद (NCC) कुवेतको आठौं राष्ट्रीय महाधिवेशन कुवेत सिटि स्थित HOTEL INN&GO मा सभ्य र भव्य रुपमा सम्पन्न भएको छ । राष्ट्रीय महाधिवेशनबाट नयाँ जोश, नयाँ जाँगरका साथ नयाँ कार्यसमिती चयन भएको छ । उक्त नयाँ कार्य समितिमा विभिन्न पदहरुमा नयाँ जोश र जाँगरले भरिएका युवाहरुको पनि आगमन भएका छन । निर्वाचित सबै नयाँ युवाहरुलाइ गैर आवासीय नेपाली संघ कुवेत हार्दिक स्वागत गर्दछ । साथै उक्त महाधिवेशन सफल बनाउन अहोरात्र खट्नुहुने संरक्षक ज्युहरु, निर्वाचन समिती, पत्रकार बन्धुहरु, विभिन्न संघ संस्थाहरु एवं विभिन्न अग्रज तथा बुद्धिजीवी व्यक्तित्वहरुलाइ हार्दिक धन्यवाद एवं आभार ब्यक्त गर्दछौँ । अझ हाम्रो निमन्त्रणालाई स्वीकार गर्दै कतारबाट पाल्नुहुने अन्तर्राष्ट्रिय परिषदका उपाध्यक्ष र...
हार्दिक श्रद्धाञ्जली !

हार्दिक श्रद्धाञ्जली !

Activities, All Events, Download, Events, Latest News, News, Notice, Our Project, President Corners, Press Releases, Publications
(NRN)NCC Kuwait. गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको सांस्कृतिक विभाग प्रमुख मोहन राई ज्यु कि धर्म पत्नीको असामयिक निधन भएको छ। ब्रेन ह्यामरेजका कारण झन्डै एक महिनादेखी कुवेतको मुवारक अल कविर हस्पिटलमा उपचार गराइ रहेकी मनमाया कुश्वारको गत ५ जनवरिका दिन निधन भएको हो। उनको शव उनका पति मोहन राइले गत ८ जनवरिका दिन नेपाल लिएर आएका छन। उनिहरु कुवेतमै होटल व्यवसाय गतिरहेका छन।   यश विसयमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले दुख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ। एन आर एन ए कुवेतद्वारा सार्वजनिक गरिएको श्रद्धाञ्जली जस्ताको त्यस्तै:   गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतको सांस्कृतिक विभाग प्रमुख मोहन राई ज्यु कि धर्म पत्नीको असामयिक निधनको खवरले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद परिवार स्तब्ध भएका छौँ। यश दुखद घडिमा...