Search Box

प्रेस विज्ञप्ति नेपाली समुदायमा मेथानोल-मिस्रित विषाक्त मदिरा सेवनबाट भएको दुखद घटनामा एनआरएनए एनसिसि कुवेतले शोक व्यक्त गर्दै सचेतनाको अपील गर्यो

प्रेस विज्ञप्ती

कुवेतमा केहि दिन देखी मेथानोल (CH₃OH) नामक अती प्रज्जलनशील पदार्थ मिस्रित मदिरा सेवनका कारण विभिन्न स्थानमा गरि २३ जनाको दुखद निधन भएको, १ सय ६० भन्दा बढी स्थानिय अस्पतालहरुमा उपचार्थ रहेको र निजहरु मध्ये केहिको अवस्था निकै नै नाजुक रहेको जानकारी प्राप्त भएको छ । मृत्यु हुनेहरुमा १६ जना अप्रवासी नेपाली श्रमिकहरु रहेको पनि पुष्टी भएको छ । मृत हुने नेपाली सहित सबैप्रती एनआरएनए एनसिसि कुवेत भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्दै गहिरो समवेदना प्रकट गर्दछ र उपचार्थ अस्पतालको शैय्यामा रहेको सम्पूर्णलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।

बैदेशिक रोजगारीको मुख्य गन्तब्य रहेको मुलुक कुवेतमा मदिरा, लागुऔषध उत्पादन बिक्रि वितरण र ओसारपोसार गर्न पूर्ण बन्देज गरिएको छ । यसका बाबजुत पनि नेपालीहरु यस्तो प्रतिबन्धित कार्यमा निकै सक्रिया रहेको छ । जसको परिणाम आज ठुलो संख्यामा मानविय क्षति बेहोर्नु परेको छ ।

यस्तो किसिमको प्राण घातक र जोखिम पूर्ण खाद्य तथा पेय पदार्थ सेवन नगर्न र कुवेतको कानुनले बन्देज गरेको कुनै पनि अबैधानिक कार्य मदिरा, लागुऔषध उत्पादन बिक्रि बितरण तथा ओसारपोसार नगर्न र नगराउन एनआरएनए एनसिसि कुवेत परिवार सम्पूर्ण कुवेतवासीमा हार्दिक अनुरोध गर्दछ ।

प्रेस विज्ञप्ती समिति NRNA-NCC कुवेत
ईमेल: info@nrnakuwait.org
फोन: +965 99743486

हर्क मोक्तान
प्रवक्ता
गैर आवासीय नेपाली संघ कुवेत

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *