Search Box

Author: Bijay Dhami

विजया दशमी २०८२ को शुभअवसरमा हार्दिक मंगलमय शुभकामना

विजया दशमी २०८२ को शुभअवसरमा हार्दिक मंगलमय शुभकामना

News, Notice
विजया दशमी २०८२ को पावन अवसरमा कुवेतवासी समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरू सहित स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूलाई गैर-आवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद्, कुवेतको तर्फबाट वडा दशैं २०८२ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। सत्यको असत्यमाथिको विजय, धर्मको अधर्ममाथिको विजय र शक्तिको दुर्शक्तिमाथिको विजयको प्रतीक विजया दशमीको यो पावन पर्वले हामी सबैको जीवनमा सुख, समृद्धि, शान्ति र उन्नतिको नयाँ उर्जा प्रदान गरोस्। यस पावन पर्वको अवसरमा आ-आफ्नो परिवार, समाज र राष्ट्रको उत्थानका लागि सकारात्मक संकल्पका साथ अघि बढौं। कुवेतमा रहनुभएका सम्पूर्ण नेपाली समुदायको एकता, सद्भाव र सहयोगको भावना अझ सुदृढ होस् भन्ने कामना गर्दछौं। देवी दुर्गा भवानीको कृपाले सबैको जीवन खुशी, स्वास्थ्य र समृद्धिले भरिपूर्ण रहोस्। गैर-आवासीय नेपाली संघ (NRNA) राष्ट्रिय स...
जेन-जी समुहको शान्तिपूर्ण प्रदर्शनमा भएको सरकारी दमनको विरोधमा NRNA NCC कुवेतको प्रेस विज्ञप्ती

जेन-जी समुहको शान्तिपूर्ण प्रदर्शनमा भएको सरकारी दमनको विरोधमा NRNA NCC कुवेतको प्रेस विज्ञप्ती

News, Notice, Press Releases
नेपालमा हालै देखापरेको राजनीतिक–सामाजिक अस्थिरता, बढ्दो भ्रष्टाचार, सुशासनको अभाव, सामाजिक सञ्जाल बन्द जस्ता अस्वस्थकारी अभ्यासहरूका विरुद्धमा नेपालको जेन जि पुस्ताद्वारा सोमबार देशभर शान्तिपूर्ण रूपमा आयोजित विरोध प्रदर्शनमा राज्यसत्ता पक्षबाट भएको हिंसात्मक दमनप्रति गैर आवासीय नेपाली संघ (NRNA) कुवेत घोर निन्दा तथा भर्त्सना गर्दछ । लोकतन्त्रको आधारस्तम्भ नै अभिव्यक्ति र विरोध प्रदर्शन गर्ने अधिकार हो। तर शान्तिपूर्ण प्रदर्शनमा सहभागी युवामाथि गरिएको निर्मम दमन लोकतान्त्रिक मूल्य–मान्यता, मानवअधिकार र संविधानले प्रदान गरेका नागरिक स्वतन्त्रतामाथि प्रत्यक्ष आघात भएको हाम्रो ठहर छ । यस घटनाका कारण ज्यान गुमाउन पुगेका दर्जनौँ होनहार युवाप्रति हामी गहिरो श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै घाइते सम्पूर्ण युवाहरूको शीघ्र स्वास्थ्यलाभको कामना ...
प्रेस विज्ञप्ती एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

प्रेस विज्ञप्ती एनआरएनए कुवेतद्वारा तथ्यहीन समाचारको खण्डन

News, Press Releases
नेपाली अनलाइन पोर्टल मुलपत्र डट कममा गत शुक्रवार २९ अगष्ट २०२५ का दिन "कुवेतमा एनआरएनएकै ६० प्रतिशत पदाधिकारिहरु घरेलु महिला श्रमिक ओसारपसारमा संलग्न, पाख्रीन नेतृत्वमा तस्करको बेग्लै टिम" शिर्षकमा प्रकाशित समाचार प्रति गैरआवासीय नेपाली संघ कुवेतको गम्भीर ध्यानाकर्षण भएको छ । उक्त समाचारमा उल्लेख भएका कुनै पनि कुराहरु तथ्यपरक नभएकोले यसप्रति गैरआवासीय नेपाली संघ कुवेत खेद प्रकट गर्दछ ।   यस संस्थाका अध्यक्ष दिल कुमार पाख्रीन कुनै कोणबाट पनि समाचारमा भनिए जस्तो घरेलु महिला श्रमिक ओसारपसारमा संलग्न नहुदा पनि फोटो सहित समाचारमा समेटिनु, प्रवक्ता हर्क बहादुर मोक्तानको निजि कुराहरुलाइ समाचारको कन्टेन्ट बनाएर संस्थासँग जोडेर संस्था नै वदनाम गराउन समाचार प्रकाशित हुनु, वरिष्ठ उपाध्यक्ष दामोदर बटाला माथी मदिरा उत्पादन तथा वेचविखान र महिला उपाध्यक्ष रमिता तामाङको वारेमा हुँदै नभएका विभिन...