Search Box

हार्दिक धन्यवाद

हार्दिक धन्यवाद

आदरणीय कुवेतवासी श्रमजिवी दाजुभाइ तथा दिदिबहिनिहरु, हिजो गैर आवासीय नेपाली संघ (NRNA) राष्ट्रिय समन्वय परिषद (NCC) कुवेतको आठौं राष्ट्रीय महाधिवेशन कुवेत सिटि स्थित HOTEL INN&GO मा सभ्य र भव्य रुपमा सम्पन्न भएको छ । राष्ट्रीय महाधिवेशनबाट नयाँ जोश, नयाँ जाँगरका साथ नयाँ कार्यसमिती चयन भएको छ । उक्त नयाँ कार्य समितिमा विभिन्न पदहरुमा नयाँ जोश र जाँगरले भरिएका युवाहरुको पनि आगमन भएका छन । निर्वाचित सबै नयाँ युवाहरुलाइ गैर आवासीय नेपाली संघ कुवेत हार्दिक स्वागत गर्दछ । साथै उक्त महाधिवेशन सफल बनाउन अहोरात्र खट्नुहुने संरक्षक ज्युहरु, निर्वाचन समिती, पत्रकार बन्धुहरु, विभिन्न संघ संस्थाहरु एवं विभिन्न अग्रज तथा बुद्धिजीवी व्यक्तित्वहरुलाइ हार्दिक धन्यवाद एवं आभार ब्यक्त गर्दछौँ । अझ हाम्रो निमन्त्रणालाई स्वीकार गर्दै कतारबाट पाल्नुहुने अन्तर्राष्ट्रिय परिषदका उपाध्यक्ष राजेन्द्र कुमार शर्मा ज्यु, युवा उपाध्यक्ष राजु रेग्मी ज्यु, सचिव प्रविन गुरुङ ज्यु र नेपालबाट पाल्नुहुने मध्यपुर्व उप-स्कंयोजक अमित राई ज्यु, ICC सदस्य द्वय हरि लावती र माधव पौडेल यहाँहरु सबैलाइ आभार एवं कृतज्ञता प्रकट गर्दछौं । त्यस्तै निक्कै व्यस्तताको वावजुद पनि हाम्रो निमन्त्रणालाई सहर्ष स्वीकार गर्दै नेपाली दूतावासबाट प्रमुख अतिथिको रुपमा पाल्नुहुने कार्यवाहक महामहिम राजदूत सुजनी राणा र तृतीय सचिव रेबन्त केसि प्रती पनि हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । यहाँहरुको साथ, सहयोग, माया, आशीर्वाद र समर्थन समन्वय सबै सधैं पाइरहनेमा आशावादी छौँ । हिजो बनेको नयाँ कार्य समितिले हिजो भन्दा अझ राम्रो कार्यहरु सम्पादन गर्ने कुरा यहाँहरुलाइ प्रतिबद्धता स्वरुप जाहेर गर्दै पुन: यहाँहरु सबैलाइ हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

 महासचिव: मनिष केसि                                                                                               अध्यक्ष : रणध्वोज लामा

Leave a Reply

Your email address will not be published. Required fields are marked *