Search Box

डेढ महिनादेखी कुवेतमा अलपत्र परिरहेको दुर्गी कुमारी खत्रीको शव NRNA कुवेतको पहलमा नेपाल जाँदै।

 

७ अगस्त, कुवेत। घरेलु कामदारको रुपमा कुवेत आएकी दाङकु दुर्गी कुमारी खत्री २०१४ मा नै मालिकको घरबाट भागेर अवैधानिक हैसियतमा बसोबास गर्दै गाएकी थिइन। करिव दुई महिना पहिले देखि उनको स्वास्थ्यमा समस्या देखिए पनि गत जुन महिनाको २२ तरिकका दिन उनले कुवेत मात्रै होइन परिवार, आफन्त साथिभाइ संगै संसारनै छाडेर गइन।

उनी श्रम नगरि कुवेत आएको कारण उनको शव पठाउन नेपाल सरकारले पहल नगरेको कारण करिव डेढ महिनादेखी उनको शव हस्पिटलमा नै अलपत्र परेको थियो। उनको शव अलपत्र परेको कुरा नेपाली दूतावासले गैर आवासीय नेपाली संघ कुवेतलाइ खवर गरेपछी गैर आवासीय नेपाली संघ (NRNA) कुवेतकै पहलमा अन्य १० ओटा कृयाशिल संघ संस्थाहरुले आर्थिक जुटाएर नेपाल पठाउने भएको छ। गैर आवासीय नेपाली संघ ५१ केडि, वैदेशिक रोजगार सरोकार समाज ५१ केडि तीन किराँती संस्था किरात राई यायोक्खा, किरात यक्थुङ चुम्लुङ र सुनुवार सेवा समाज ५१ केडि, कल्याणकारी नेपालि युवा समाज २५ केडि, सुदुर पश्चिम सेवा समाज २५ केडि, सिन्धुपाल्चोक सेवा समाज ५० केडि, निरेम प्रुप २५ केडि, नेपाल तामाङ घेदुङ ३२ केडि, लुम्विनी समाज २५, चितवन सेवा समाज २५ केडि र NRNA का उपाध्यक्ष बिकास सिंह ठकुरिले व्यक्तिगत रुपमा २५ केडि संकलन गरि हिजो गैर आवासीय नेपाली संघ कुवेतका अध्यक्ष रणध्वोज लामा, वरिष्ठ उपाध्यक्ष होमनाथ गिरि र सचिव विजय धामिले नेपाली दूतावासलाइ शव पठाउन लाग्ने ३८५ केडि रकम हस्तान्तरण गरेका छन।

 

करिव ८ बर्ष देखि नेपाल सरकारले कुवेत तथा खाडी मुलुकमा नेपालीहरुलाइ घरेलु कामदारको रुपमा काममा जान बन्द गरिएको छ। नेपाल सरकारको श्रम तथा रोजगार ऐन अनुसार श्रम नगरी वैदेशिक रोजगारिमा जानू गैरकानूनी हुने र त्यस्ता कामदारले नेपाल सरकारबाट कुनै पनि सेवा सुविधा नपाउने उल्लेख छ। श्रम गरेर कुवेत तथा अन्य मुलुकमा पुगेका नेपालीहरुको आत्माहत्या बाहेक अन्य कुनै कारण मृत्यु भएमा वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले शव नेपाल झिकाउने तथा मृतक परिवारलाइ कहेतिपुर्ती स्वरुप इन्सुरेन्स दिलाउँदै आएको छ। दुर्गी कुमारी खत्रीको सन्दर्भमा पनि श्रम नगरी गैरकानूनी रुपमा कुवेत आएको र मृत्यु भएको कारण उनको शव अलपत्र परेको थियो। उनको परिवारले नेपाल सरकार तथा वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड्को सचिवालयबाट कुनै पनि किसिमको क्षेतिपुर्ती वा इन्सुरेन्स पाउने छैन।

उनको शव केही दिनभित्र नै नेपाल पुग्ने गैर आवासीय नेपाली संघ कुवेतका अध्यक्ष रणध्वोज लामाले बताएका छन।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *